काठमाडौँ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई हाल काठमाडौँ– २८ बागबजार बस्ने मोजेएच अजवान रहेका छन् ।
उनले नाबालिकालाई फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएर सोही अनुरूपको क्रियाकलाप गर्न दबाब दिएको र आफूले भनेको नमाने सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरी दिन्छु भन्दै मानसिक दु:ख हैरानी दिनुका साथै चरित्र हत्या गरेको भन्दै पीडित नाबालिकाकी आमाले साइबर ब्युरोमा निवेदन दिएपछि उनी पक्राउ परेका हुन् ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट दिन पाँच म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।











प्रतिक्रिया