सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?


काठमाडौँ ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि सोमबार पनि सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।