हुण्डी कारोबारमा संलग्न  दुईजना पक्राउ 


काठमाडौँ। 

हुण्डी कारोबारमा संलग्न  रहेको अभियोगमा १० लाख २० हजार रकमसहित दुई जनालाई  आइतबार प्रहरीले  पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा फेटा गाँउपालिका वडा नं.६ पुरैनिया बस्ने वर्ष ४१ को सैदुल्ला मियाँ र २२ वर्षीय बागर अन्सारी रहेका छन्।
 
 हुण्डी कारोबार भैरहेको  भन्ने  सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवा, बाराबाट प्र.ब.ना.नि.सन्तोष के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले  बाराको बिश्रामपुर गाँउपालिका वडा नं.१ घोडासहन नाका स्थितमा सडकमा भारतबाट नेपालतर्फ आउँदै गरेको  ना ३६ प ४५६३ नम्बरको  मोटरसाईकललाई जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकमसहित फेला पारी  पक्राउ गरेको हो। 

उक्त रकमको उनीहरुले  श्रोत खुलाउन सकेका छैनन्। 

उनीहरुमाथि  हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी  जिल्ला अदालत बारा कलैयाबाट  सात दिनको  म्याद थप गरी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।