काठमाडौं ।
आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ। पुरै तयारी गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैङ्कले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो।
केन्द्रमा सरकार फेरिएको र खास गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैङ्क स्रोतले जानकारी दिएको छ।
यस अघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए।











प्रतिक्रिया