कांग्रेस-एमालेको मिलन अँध्यारो कोठामा भयो- प्रधानमन्त्री

126
Shares

काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलन अँध्यारो कोठामा भएको बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्दै प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउँदै अध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका हुन् । उनले सच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउँदै आफूले सुशासनका काम गर्न थालेपछि दुई ठुला दल मिलेको दाबी गरे ।

उनले भने- ‘पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नुभएको छ ? तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन । कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।’

उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई नै प्रवर्धन गरेको दाबी गरे ।