मौसम सुधार नभएसम्म रात्रि बस सञ्चालन रोक्न सांसद पाण्डेको माग

56
Shares

काठमाडौँ । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले वर्षा जारी रहुन्जेल रात्रि बस सञ्चालन बन्द गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तिमा भाद्र १५ सम्म रात्रि बस सञ्चालनमा रोक लगाउन माग गरेका हुन् ।

उनले नारायणगढ -मुग्लिन सडकखण्डमा गएराती पहिरोमा परेर दुई यात्रीबस त्रिशूली नदीमा खसेको विषयमा तत्काल बसको खोजी र उद्धार गर्न माग गरेका थिए ।

सरकारले विपद्बात जोगाउन सरकारले पूर्वतयारी नगरेको बताउँदै तत्काल राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।