जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो, दुई जनाको मृत्यु

2.6k
Shares

 रौतहट । 

रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौँ जन्ती घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौँ घर भएका ५५ वर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी वर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन् ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई ६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकी जाँदै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो ।

उक्त गाडीमा जम्मा १२ जना सवार  सवार मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानीय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ । चालक भने फरार भएका छन्। दुर्घटनामा काठमाडौँ घर भएका वर्ष ५५ को कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी वर्ष ७ की स्वेता पण्डितलाई गम्भीर अवस्थामा उपचारको लागी प्रादेशिक अस्पताल गौर पटाइएकोमा उनीहरुलाई डाक्टरले मृत घोषणा गरेको डिएसपी त्वातीले जानकारी दिएका छन् ।

चक्रघटाकै वर्ष २५ को अमलेश ठाकुर दाहिने खुट्टा, छाती,घाँटीमा चोट अवस्था  प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको छ । गाडी चालकको नाम ठेगाना नखुलेका तथा उनी सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।