सेयरबजारमा दोस्रोपटक पनि सर्किट



काठमाडौँ।

सेयरबजारमा दोस्रोपटक पनि सर्किट लागेको छ। पहिलो सर्किटमा २० मिनेट कारोबार रोकिएको बजारमा अहिले ४० मिनेटका लागि बजार बन्द भएको छ।

कारोबार खुलेको पहिलो १ मिनेटमा ४ प्रतिशतले नेप्से सूचक बढेर पहिलो सर्किट लागेको सेयरबजारमा दोस्रोपटक नेप्से सूचक ५ प्रतिशतले बढेर सर्किट लागेको हो।

दोस्रो सर्किट ५ प्रतिशतको वृद्धि र तेस्रो सर्किट ६ प्रतिशतको वृद्धिपछि लाग्ने गर्छ।

सरकार परिवर्तनमा सहमति जुटेसँगै त्यसको असर सेयरबजारमा देखिएको हो।

प्रतिक्रिया दिनुहोस्