प्रतिनिधि सभामा आज मन्त्रीहरूले जवाफ दिँदै



काठमाडौं ।

 प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका छलफलका क्रममा उठेका प्रश्नको विभिन्न मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने तालिका रहेको छ।

आजको दोस्रो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ।

यस अघि पहिलो बैठकमा विभिन्न सांसदहरूले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै खर्च कटौतीको प्रस्ताव पेस गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्