भारतको उत्तर प्रदेशमा उलटफेर, भाजपालाई चुनौती दिँदै समाजवादी पार्टी



काठमाडौँ । 

भारतको लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म एनडीए गठबन्धन अगाडी रहेको छ भने इन्डिया गठबन्धनले कडा चुनौती दिएको देखिएको छ ।

अहिलेसम्म एनडीए गठबन्धन २९३ स्थानमा अगाडी छ भने इन्डिया गठबन्धन २३२ स्थानमा अगाडी रहेको छ ।

विपक्षी गठबन्धनले सबैभन्दा ठुलो प्रदेश उत्तर प्रदेशमा ठुलो जित हासिल गर्ने संकेत देखिएको छ । ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडी रहेको छ । जबकि २०१९ को निर्वाचनमा भाजपाले ७२ सिट जितेको थियो । यस पटक समाजवादी पार्टी ३४ र कांग्रेस ७ सिटमा अगाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्