ताज एक्सप्रेसको तीन डिब्बामा आगलागी



एजेन्सी।

दिल्लीको तुगलकाबाद र ओखलाबीचको ताज एक्सप्रेसको तीन डिब्बामा सोमबार ठूलो आगलागी भएको उत्तरी रेलवेका सिपिआरओले बताएको छ ।

डिसिपी रेलवेका अनुसार साँझ ४ः४१ बजे एउटा ट्रेनमा आगलागी भएको फोन आएको थियो । जानकारीअनुसार घटनास्थलमा छ वटा दमकल पुगेका थिए । उक्त दुर्घटनामा कसैलाई पनि चोटपटक वा क्षति नभएको बताइएको छ ।

आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । तथापि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्