एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे विजयी



ताप्लेजुङ ।

नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे विजयी भएका छन्। मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाए। पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमु, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भएका छन्।

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए। अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्