वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल


काठमाडौँ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौं तथा अन्तिम खेल आज हुँदै छ । टियू मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

जारी सिरिज वेस्ट इन्डिज ‘ए’ ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ‘ए’ ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ‘ए’ ले जितेको थियो ।

यस खेलमा नेपालले दुई परिवर्तन गरेको छ । आजको खेलमा गुलशन झा र ललित राजबंशीको ठाउमा सागर ढकाल र अनिल शाहलाई टिममा समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र सागर ढकाल रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।