आज कस्तो रहला देशभरको मौसम?



काठमाडौं ।

नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र कोशी प्रदेशका तराईका केही र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्