बागमतीमा मन्त्रिपरिषद् विस्तार



काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेकपा (एकीकृत समाजवादी) की प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन्। मुख्यमन्त्री जम्कट्टेलले आगामी एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिने बताए।

शपथग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईं, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी थिए।

नवनियुक्त मन्त्री आलेमगर काठमाडौं क्षेत्र नं १० (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्