पश्चिम नेपाल बस व्यवसायी प्रालिमा खरेल नेतृत्वको प्यानलै विजयी

भुसालले पाए सबैभन्दा बढी मत

9.12k
Shares

बुटवल। 

पश्चिम नेपालकै सबैभन्दा ठुलो संस्था पश्चिम नेपाल बस व्यवसायी प्रालिको नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल नै विजयी भएको छ । प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन अन्तर्गत शनिवार राती सकिएको मतगणनामा खरेल नेतृत्वको पुरै प्यानल विजयी भएको हो । नेतृत्वका लागि खरेलसहितको एउटा प्यानल र पदमराज गाहा नेतृत्वको अर्को प्यानल चुनावी प्रतिस्पर्धामा थिए ।

निर्वाचनमा दधिराम खरेलले १४ सय ३६ मत प्राप्त गरी  विजयी भएका छन् । त्यस्तै अन्य सञ्चालकहरूमा रामचन्द्र भुसाल १४ सय ६७,  रामचन्द्र खडका १२ सय ८३, जितेन्द्र खत्री १३ सय ३१, नारायणप्रसाद भण्डारी १२ सय ५१, नारायणप्रसाद घिमिरे १२ सय ६३, गोपालबहादुर पौडेल १३ सय ८६, चेतनारायण बेलबासे (गोली नारायण) १३ सय २६ मत ल्याइ विजयी भएका छन् ।

त्यसैगरी सुरेन्द्र श्रेष्ठ १३ सय ८४, मोहन पिएस १४ सय ४० र जीवनकुमार बन्जाडे १३ सय ४७ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । उता अर्को प्यानलको नेतृत्व गरेका पदमराज गाहाले भने जम्मा ६५९ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै रुट नम्बर १ मा जीवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा विजयकुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खराल निर्विरोध भएका थिए । रुट नम्बर ४ मा थम्मनबहादुर बस्नेत, ५ मा कमलबहादुर क्षेत्री, ६ मा रामभगत चौधरी, ७ मा शंकर ज्ञवाली (प्रकाश), ९ मा हिमाल श्रेष्ठ, १० मा युवराज नेपाल, ११ मा सुर्यप्रकाश ढुंगाना, १२ मा मनबहादुर पौडेल, १३ मा टेकराज भट्टराई (रामु), १४ मा डोरनाथ ढकाल र १५ मा प्रकाश बन्जाडे विजयी भएको निर्वाचन समितिका संयोजक रामराज पोखरेलले बताए । कुल २ हजार १ जना मतदाता रहेको प्रालीमा १९ सय १ जनाले मतदान गरेका थिए ।

Skip This