आमाछोदिङ्मो आर्ट क्याम्प सम्पन्न 



रसुवा ।

 पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु भएको आमाछोदिङ्मो आर्ट क्याम्प २०८० गत्लाङमा सम्पन्न भएको छ।

चैत ९ गतेदेखि १३ गतेसम्म तामाङ सम्पदा मार्गमा पर्ने गत्लाङमा चलेको आर्ट क्याम्पमा करिब २५ जना कलाकारहरू सहभागी थिए। कार्यक्रम आमाछाेदिङमाे गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुरु भएको थियो।

पार्वतिकुण्ड,कालो गाउँ गत्लाङ ,गाेल्जुङ,चिलिमे,पर्यटकीय क्षेत्र तातोपानी,लगाएका क्षेत्र हरूलाई चित्रकलाको माध्यमबाट विश्वले नजिकबाट  नियालेर  हेरोस् भन्नका लागि पनि  यो कार्यक्रम गरिएको पालिका अध्यक्ष बुचुङ तामाङले बताए।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले कार्यक्रमको बारेमा बोल्दै कला मार्फत आन्तरिक तथा बाह्य पर्यटकहरू समेटेर लैजाँदा राम्रो प्रभाव पर्ने र पालिकाले यस्तो कार्य गरेको अत्यन्तै सराहनीय रहेको बताए।

बेत्रावतीका स्थानीय कलाकार शशि डङ्गाेलले यस्तै लुकेर बसेका ठाउँ हरूलाई चित्रमार्फत उजागर गर्न पाउँदा आफू हर्ष विभोर भएको बताए। यस आमाछाेदिङमाे गाउँपालिकालाई जतिसक्दो पर्यटन भित्राउन यस्तो कार्यक्रम गरिएको स्थानीय होमस्टे व्यवसायी फुर्पुसिङगि तामाङले बताए।

प्रतिक्रिया दिनुहोस्