आईपीएलमा चेन्नईको लगातार दोस्रो जित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्र बनाएको थियो। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।

यो जितपछि चेन्नईको २ खेलमा ४ अङ्क भएको छ र अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। अब चेन्नईले आफ्नो तेस्रो खेल मार्च ३१ मा दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने छ।

त्यसै गरी गुजरातले भने आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ। २ खेलमा गुजरातको २ अङ्क रहेको छ। अब गुजरातले आफ्नो अर्को खेल मार्च ३१ मा सनराइजर्स हैदरावादसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्