यस्तो छ तपाईंको आजको राशिफल



मेष : दिन राम्रो छ। घुमफिरको अवसर प्राप्त हुनेछ। मनमा शान्ति मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ।

वृष : व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको सहयात्रा रमाइलो बन्नेछ।

मिथुन : शेयरमा फाइदा हुनेछ। नसोचेका व्यक्तिले सहयोग गर्ने योग छ। शिक्षा क्षेत्रको लगानीबाट नाम र दाम प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ।

कर्कट : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। विरोधका आवाज लगातार सुन्नुपर्ने हुनसक्छ। व्यापार व्यवसायमा सरकारको आँखा लाग्नसक्छ।

सिंह : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगरे जटिल स्वास्थ्य समस्या देखिनसक्छ। व्यावसायमा आदर्श व्यक्तिसँग संगत हुनसक्छ।

कन्या : दैनिकी राम्रो छ। घरजग्गाको कारोबार राम्रो बन्नेछ। विद्यामा उन्नति हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। धन कमाउने बाटो खुल्नेछ। परिवारको साथ रहनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छैन। जेसुकै गरे पनि काम नबन्ने जोखिम हुन्छ। धेरै मानिससँगको असन्तुष्टिमै दिन जानेछ। सञ्चित धन खर्च हुनेछ। आफन्तसँग भेट हुनेछ। व्यापार र लगानीमा हात नहाल्नु राम्रो हुन्छ।

धनु : शुभकार्यमा सहभागी हुने मौका मिल्नेछ। साथीसँगको यात्रा रमाइलो होला। खर्च बढ्ने योग रहेको छ। मित्रबाट सहयोग मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

मकर : नयाँ ज्ञानको अवसर मिल्नेछ। साथीको सहयोग रहनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवामा मन जानेछ।

कुम्भ : प्रेम सम्बन्ध कसिलो बन्नेछ। लगानी भए शिक्षामा सफलता, स्वास्थ्यमा लाभ मिल्नेछ। व्यापारमा आम्दानी हुनेछ। अधिकारका लागि गरेको संघर्ष सफल हुनेछ।

मीन : साथीले असहयोग गर्ने दिन छ। सहयोगी भन्दा विरोधी धेरै छन्। यात्रामा सचेत हुनु राम्रो हुन्छ। सामान हराउने खतरा भएकाले विशेष ख्याल गर्नुपर्ने हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्