तोलामा तीन सयले घट्यो सुनको मूल्य

966
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ कायम रहेको थियो। यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो।

यता, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो।