ठूलाे परिमाणको  लागुओैषधसहित दुईजना पक्राउ

336
Shares

नवलपरासी ।

जिल्लाकाे गैडाकाेट क्षेत्रबाट प्रहरीले ठूलाे परिमाणमा लागु ओैषधसहित दुई जनालाई पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा नवलपरासी पश्चिम बडहरा दुबाैलियाका २६ वर्षीय सन्ताेष कुमार गुप्ता र सरावल ६ का २६ वर्षीय बिबेश तेली रहेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा उनीहरूको  कोठाबाट आईपिपिएल २ सय ३३ एम्पुल,सेरिज्याक २०३ एम्पुल र फेनारगन २ सय ३० एम्पुल, लागू ओैषद काराेबारकाे ४५ हजार नेरू  बरामद गरेकाे जनाएको छ ।

प्रहरीले उनीहरूलाई उक्त लागू ओैषदसहित नवलपरासी पूर्व गैडाकाेट ९ थुम्सी स्थित डेराबाट पक्राउ गरेकाे प्रहरी उपरीक्षक नरहरी रेग्मीले साेमबार पत्रकार माझ  जानकारी दिए ।
रेग्मीका अनुसार पक्राउ पर्ने दुवै युवक प्रतिबन्धित लागू पदार्थका वितरक रहेकाे आशंकामा अदालतबाट म्याद थप गरि थप अनुसन्धान अघि बढाएको छ ।