उदयपुरमा कर सहयोगी श्रमिकहरुको भेला



उदयपुर । 

उदयपुरको गाईघाटमा शनिबार नेपाल कर सहयोगी श्रमिक संगठनको चौथो राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको छ ।
नेपाल कर सहयोगी श्रमिक संगठनको आयोजनामा र कर सहयोगी संगठन उदयपुर जिलला कमिटीको व्यवस्थापनमा भएको सो भेलामा देशभरकिा करीब २ सय ५० जना कर लेखा सहयोगीहरुको सहभागिता रहेको थियो ।

आन्तरिक राजस्व कार्यालय लाहानका प्रमुख कर अधिकृत पुण्य प्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा रिजालले कर लेखा सहयोगी र कर कार्यालयका बिचमा नङ र मासुको सम्बन्ध रहेको र देशमा ८५ प्रतिशत कर तथा राजस्व संकलन कर सहयोगी मार्फत हुने गरेकोले सरकारले कर लेखा सहयोगीहरुलाई सम्मान गर्ने बताए ।

सो कार्यक्रममा कर सहयोगी श्रमिक संगठनका पूर्व अध्यक्ष उद्धव प्रसाद कडरियाले संगठनले औपचारिक र अनौपचारिक रुपले राज्यलाई कर संकलनमा ठूलो योगदान गरेको भए पनि राज्यले संगठनका मागहरुमा बेवास्ता गरेको बताए ।

उनले निष्ठा र इमानदारी पूर्वक कर संकलनमा राज्यलाई योगदान गरेको भए पनि राज्यले संगठनमाथि भेदभाव पूर्ण व्यवहार गरेको बताए ।

सो  कार्यक्रममा देशका सातबटै प्रदेशमा  प्रदेश कमिटी गठन गरेर अघि बढ्ने तयारी भइरहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा भाद्र १७ गतेलाई कर सहयोगी श्रमिक संगठनको स्थापना दिवसका रुपमा मनाउने गरिएको र आउँदा दिनहरुमा रचनात्मक रुपले राज्यलाई राजस्व तथा कर संकलनमा थप योगदान पुगने गरी काम गर्ने बताइएको छ ।

नेपाल कर सहयोगी श्रमिक संगठन नेपालका अध्यक्ष तारानाथ दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा दाहालले संगठनको प्रतिवेदन प्रस्तुत गरेको थिए ।
सो कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका महासचिव सुनिल कुमार साह, वरिष्ठ उपाध्यक्ष कुमार प्रसाद घिमिरे, त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश कुमार श्रेष्ठ, अडान उदयपुरका अध्यक्ष हिरामान मोते, करदाता सेवा कायाृल्य उदयपुरका रेक बहादुर मगर , नेपाल पत्रकार महाुंघ उदयपुरका अध्यक्ष भरत खड्का, कोशी प्रदेश अडानका फडिन्द्र पराजुली लगायतका वक्ताहरुले शुभ कामना मन्तव्य दिएका थिए ।

आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय तथा अन्य कर कार्यालय रहेको स्थानमा नेपाल कर सहयोगी श्रमिक संगठन स्थापना गरेर राज्यको समृद्धि तथा राजस्व संकलनमा उल्लेख्य योगदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्