लिखु गाउँपालिकाको पालिका गान सार्वजानिक



ओखलढुंगा ।

ओखलढुंगाको लिखु गाउँपालिकाले आफ्नो पालिका गान सार्वजनिक गरेको छ । लिखु गाउँपालिकाले आयोजना गरेको लिखु पालिका कप २०८० को उद्घाटन कार्यक्रममा लिखु गानको सार्वजनिक गरिएको हो ।

लिखु गाउँ कार्यपालिका कार्यसमितिको फाल्गुन ३ गते गाउँपालिका कार्यालयमा बसेको बसेको बैठकले पालिका गानका लागी विभिन्न सर्जकबाट रचना माग गरेको थियो । यसरी आवेदन गरिएको मागका आधारमा ८ जना सर्जकहरूले पालिका गान छनौटका लागी आफ्नो रचना दर्ता गराएका थिए ।

आवेदनमा परेका ८ वटा रचना मध्य लिखु ५ निवासी घन बहादुर काफ्ले  (कुमार काफ्ले) को प्यारो ओखलढुंगा प्यारो लिखु छनौटमा परि रेकर्ड गरिएको लिखु गाउँपालिका ओखलढुंगाका प्रमुख प्रशासकीय अधिकृत लीला राज श्रेष्ठले बताएका छन् ।

लिखु गानमा पुष्कर सुनुवार, कुवेर तामाङ, नरेश तामाङ, लाक्पा दिकु शेर्पा र अनुमा चौधरीको आवाज रहेको छ । यसै गरी गानमा संगित ऐरेन्ज पुष्कर सुनुवारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्