चन्द्रबहादुरले जिते ओलम्पिक छनोटको पहिलो खेल

6.39k
Shares

काठमाडौं ।

नेपाली मुक्केबाज चन्द्रबहादुर थापामगरले ओलम्पिक २०२४ अन्तर्गत बक्सिंग छनोटको पहिलो खेलमा जितको नतिजा निकालेको छ।

इटालीमा भइरहेको ओलम्पिक बक्सिंग छनोटअन्तर्गत आइतबार भएको पुरुष ५१ किलोग्राम तौलसमूहको खेलमा चन्द्रले ताजिकस्तानका मुक्केबाज मेहरून शाफियभलाई ४-१ अंकले पराजित गरेका हुन् ।

उक्त छनोटमा नेपालका चन्द्र र महिलातर्फ अञ्जनी तेली सहभागी छन् । अञ्जनी तेलीले सोमबार महिला ५४ केजी तौल समूहमा पोल्याण्डकी सान्द्रा ड्राबिकसँग खेल्ने तालिका रहेको छ । उक्त छनोट प्रतियोगिता ११ मार्च सम्म सञ्चालन हुनेछ ।