बर्खे अधिवेशनमा शिक्षा विधेयक ल्याउने कोसिसमा छु : शिक्षामन्त्री राई



ओखलढुंगा ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले लामो समयदेखि रोकिएको शिक्षा विधयेक वर्ष अधिवेसनमा ल्याइने बताएका छन् ।

कालिका माध्यमिक विद्यालय सिस्नेरी ओखलढुंगाको ६२ औँ वार्षिक उत्सव तथा विद्यालय उद्घाटनको समारोहलाई सम्बोधन गर्दै राईले उक्त कुरा बताएका हुन् ।

हाल हिउँदे अधिवेशन चलिरहेको र यो अधिवेशनमा बृहत् छलफल पश्चात् बर्खे अधिवेशनमा राष्ट्रिय सभाबाट पारित गराई शिक्षा विधायक ल्याइने मन्त्री राईले बताएका छन् ।

मन्त्री राईले शिक्षा नियमावली नभएका कारण शिक्षक दरबन्दी भवन निर्माण शिक्षक बढुवा लगायतका क्रियाकलापमा बाधा रहेकाले चाँडो शिक्षा विधायक ल्याउने कोसिस गरेको बताएका छन् ।

मन्त्री राईले शिक्षालाई प्रभावकारिता बढाउनका लागी व्यावसायिक शिक्षामा जोड दिनु पर्ने बताएका छन् । मन्त्री राईले नेपालको हालको सिकाई उपलब्धी ज्यादै न्यून रहेको बताएका छन् । नेपालको हालको शिक्षा प्रणालीले नेपालमा रोजगारीको सृजना गर्न नसकेको दाबी गरेका मन्त्रीले गरेका छन् ।

 मन्त्री राईले अबको शिक्षा प्रणाली सुधारका लागी प्राविधिक धारको शिक्षामा जोड दिनु पर्ने बताएका छन् । अब आउने शिक्षा विधेकमा  ७० प्रतिशत विद्यार्थी प्राविधिक धारमा र ३० प्रतिशत विद्यार्थी ज्ञानगत शिक्षामा भर्ना गर्ने ऐन अब आउने शिक्षा विधेकमा समेटिने मन्त्री राईले बताएका छन् ।

मन्त्री राईले ग्रामीण भेगका विद्यालयमा विद्यार्थी संख्या कम भएकाले विद्यालयहरू समायोजन गर्नु पर्ने परिस्थिति रहेको बताएका छन् । संख्या अपुग रहेका विद्यालयहरू क्रमशः समायोजन गरिने र वाल कक्षा भने यथा स्थानमा राखिने मन्त्री राईको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्