लामो कपाल चाहनेका लागि हेयर एक्सटेन्सन



सुष्मा महरा

कपाललाई महिलाको सुन्दरतासँग जोडिन्छ । कथा वा उपन्यासमा पनि महिलाको सुन्दर र लामो कपालको कल्पना एवं वर्णन गरिएको हुन्छ ।

लामो र छोटो कपाल राख्नु मानिसको आफ्नै रुचिको विषय हो । छोटो कपाल मन पराउनेका लागि सजिलो छ । छोटो कपाल हुँदा आफूलाई जस्तो स्टाइल सुहाउँछ र रहर लाग्छ त्यस्तै डिजाइनमा काट्न सकिन्छ । तर लामो कपालको चाहना राख्नेका लागि भने कपालको स्याहार गर्नेदेखिका विभिन्न खालका झन्झट हुन्छन् ।

लामो कपालको चाहना राख्ने कतिपयका लागि कपाल छिटो नबढ्ने तथा कपाल बढे पनि स्याहारको अभावका कारण हाँगा फाट्ने तथा रुखो हुने खालको समस्या हुन्छ । त्यस कारणले कतिपय महिला चाहेर पनि लामो कपाल राख्न सकिरहेका हुँदैनन् । तर, पछिल्लो समय भने लामो कपालको चाहना राख्नेका लागि प्रविधिले सजिलो बनाइदिएको छ । जसको माध्यमबाट महिलाहरु आफूसँग भएको छोटो वा पातलो कपालमा लामो एवं मोटो कपाल जोडेर कपाललाई घना तथा लामो बनाउन सक्छन् । यस प्रक्रियालाई हेयर एक्स्टेन्सन भनिन्छ ।

केही वर्षअघिसम्म नेपालमा आफ्नो कपाल छोटो छ र छिटो बढ्न सकेको छैन भने छोटो कपालमै चित्त बुझाउनुपर्ने अवस्था थियो । कपाल पातलो हुँदा पनि त्यसैमा चित्त बुझाउनुपथ्र्यो । तर नेपालमा कपाल गाँस्ने प्रकि्रया अर्थात् हेयर एक्स्टेन्सन प्रविधि भिति्रएपछि छोटो तथा पातलो कपाल हुनेले आफ्नो कपाललाई मोटो एवं लामो बनाउने अवसर पाएका छन् ।
यस्तो कपाल जोड्ने काम विभिन्न ब्युटी पार्लरमा गरिन्छ ।आफूसँग कपाल जोड्नका लागि आवश्यक सामग्री र उपकरण तथा कपाल जोड्न सक्ने सीप भएका व्यकि्त छन् भने

 

घरमै पनि आफ्नो छोटो कपालमा अर्को कपाल जोडेर लामो बनाउन सकिन्छ ।

आफ्नो कपाल बढेपछि त्यसअघि जोडेको कपाललाई सुरकि्षतरुपमा फुकाएर पुनः पछि आफूलाई आवश्यकता परेको बेला पनि प्रयोग गर्न सकिन्छ । नेपालमा हेयर एक्स्टेन्सन प्रविधि भिति्रएपछि धेरैले छोटो तथा पातलो कपालको समस्याबाट मुकि्त पाएका छन् ।

शुरुमा यो निकै महँगोरुपमा नेपाल भिति्रएको भए पनि बिस्तारै हेयर एक्स्टेन्सन विधि केही सस्तो हुँदै गएको छ । वास्तविक कपाल केही महँगो परे पनि त्यो दीर्घकालीन हुन्छ । तर बजारमा सस्तो मूल्यको सेन्थेटिकको कपाल पनि भिति्रएकाले छोटो समय प्रयोग गर्न सेन्थेटिकको कपालसमेत जोड्ने गरिएको छ, जुन सर्वसाधारणले पनि उपयोग गर्न सक्छन् ।

कपाल जोड्ने विधि

कपाल जोड्ने विभिन्न विधि छन् । जस्तै– गमले जोड्ने, कि्लपले अड्काउने, सिलाउने, बाट्ने आदि । यी प्रकि्रयामध्ये नेपालमा भने गमले टाँसेर कपाल जोड्ने प्रचलन बढी छ । नेपालमा सिलाउने कपाल सहजै उपलब्ध नहुने भएकाले गमले टाँसेर जोड्ने गरिन्छ । अन्य विकसित देशमा भने कपाललाई सिलाएर जोड्ने चलन बढी छ ।

हामीकहाँ छोटो समयको लागि पार्टी तथा विभिन्न कार्यक्रममा जाँदा कि्पलको प्रयोगले कपाल जोड्ने गरिन्छ । जुन सजिलो र केही घण्टाको लागि काम चलाउ प्रकि्रया हो । फिल्मको छायांकनको बेला अभिनेता, अभिनेत्री तथा मोडलले यो विधि प्रयोग गर्छन् । त्यस्तै विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाटकमा पात्रअनुसार आफूलाई तयार गर्नका लागि पनि कलाकारले यो प्रकि्रया अपनाउने गर्छन् ।

गमले कपाल जोड्न आवश्यक सामग्री
गमले कपाल जोड्नको लागि हेयर एक्स्टेन्सन अथवा ग्लु गम, कचौरामा पानी, एक्स्टेन्सन आइरन, कैंची आवश्यक पर्छ । त्यसै गरी जोड्नको लागि आवश्यक तयारी कपाल, कोइला र ज्याकपिनको समेत अवाश्यकता पर्दछ ।

गमले कपाल जोड्ने प्रक्रिया
शुरुमा जोड्ने व्यकि्तको कपाल कोरेर काइँयोको मद्दतले छुट्याउने (पार्टेसन गर्ने) र पार्टेसन गरेपछि कपालमा ज्याकपिन लगाउने ।

थोरै–थोरै कपाल लिँदै गम र एक्स्टेन्सन आइरनको सहायताले कपाल जोड्दै जाने ।
गम जोडिएको ठाउँमा आफ्नो औंलाले जोड्ने । हात पोल्ने डर हुने भएकाले हात पानीमा चोप्दै जोडिएको भागलाई राम्ररी थिच्ने ।

एक–एक गर्दै कपाल जोडिसकेपछि आफ्नो र जोडिएको कपालको स्वरुप मिलाउन कपाललाई मिलाएर काट्ने ।
जोडेको कपाल काटेर मिलाइसकेपछि हलुकासँग सेम्पुको प्रयोग गरेर धुने ।

कपाल जोड्दा अपनाउनुपर्ने सावधानी

जोडेको कपाललाई कोर्दा विशेष सावधानी अपनाउनुपर्छ । सानो दाँती भएको काइँयोले कोर्दा अल्झने र बिग्रन सक्ने भएकाले ठूलो दाँती भएको काइँयो प्रयोग गर्नुपर्छ । साथै कपाल कोर्दा कपालको जरामा असर नपर्ने गरेर काइँयो चलाउनुपर्दछ । धेरै तातो पानीले गम उपि्कने भएकोले कपाल नुहाउँदा मनतातो एवं चिसो पानीको प्रयोग गर्नुपर्छ ।

स्याम्पु प्रयोग गर्दा पनि जोडेको कपाललाई एकतर्फबाट बिस्तारै हल्का हातले लगाउनुपर्दछ । जोडिएको कपालमा तेल प्रयोग गर्नुहुँदैन । किनभने तेलले गमलाई आलो बनाएर कपाल उप्काउन सक्छ ।
(लेखिका महरा फेसियल हाउसकी सञ्चालिका तथा वरिष्ठ सौन्दर्यविद् हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्