कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

40.33k
Shares

काठमाडौं ।

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै ३० जना गरी नवौँदेखि पाँचौँ तहका विभिन्न पदका लागि कर्मचारी मागेको गरेको हो।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धकमा एक\एक जना, सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलाबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना नियुक्त गर्ने कोषले जनाएको छ।

त्यस्तै प्रशासनतर्फ १ जना, प्राविधिकतर्फ १ जना सहायक प्रबन्धक, पाँचौँ तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २\२ जना र १ जना मधेसीबाट नियुक्त गरिने छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक–फरक निर्धारण गरिएको छ।