मोहम्मद शामीले आईपीएल नखेल्ने



काठमाडौं ।

मोहम्मद शामीले एकदिवसीय विश्वकप २०२३ पछि कुनै खेल खेलेका छैनन्। खुट्टाको चोटका कारण उनी क्रिकेटबाट टाढा रहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शमी केही दिनपछि सुरु हुन लागेको आईपीएल २०२४ मा नदेखिने पक्का भएको छ। शामीको प्रतियोगितामा नदेखिने पक्का भए पछि गुजरात टाइटन्सका लागि ठुलो झट्का साबित हुन सक्छ।

शामी गुजरातका मुख्य फास्ट बलर हुन्। उनी गत सिजन अर्थात् आईपीएल २०२३ मा सर्वाधिक विकेट लिने बलर थिए। उनले १७ खेलमा १८.६१ को उत्कृष्ट औसतमा २८ विकेट लिएका थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार बीसीसीआईले शमी बायाँ घुँडाको चोटका कारण आईपीएलबाट बाहिर रहेको बताएको छ। उनको घुँडाको शल्यक्रिया बेलायतमा हुँदै छ।

शामीलाई २०२२ को मेगा अक्सनमा गुजरातको टोलीले ६.२५ करोड भारुमा किनेको थियो, त्यसपछि उनी टोलीका लागि सफल फास्ट बलर बनेका थिए। यसअघि शमी पञ्जाब किंग्सको हिस्सा थिए। शामीले अहिलेसम्म कुल ११० आईपीएल खेल खेलेका छन्। ११० इनिङ्समा बलिङ गर्दै २६.८६ को औसतमा १२७ विकेट लिएका छन्।

सन् २०२३ मा भारतीय भूमिमा भएको एकदिवसीय विश्वकपमा शमीले चमत्कार गरेका थिए। विश्वकपमा शामी भारतका लागि सबैभन्दा बढी विकेट लिने बलर बने। २०२३ को एकदिवसीय विश्वकपमा ७ खेल मात्र खेलेका उनले १०.७१ को उत्कृष्ट औसतमा २४ विकेट लिएका थिए। उनी प्रतियोगिताको पहिलो चार खेलमा बाहिर बसेका थिए।

प्रतिक्रिया दिनुहोस्