बुटवल बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी रुखमा 



बुटवल। 

सुन्दा पनि अचम्म लाग्ने तर व्यवहारमा भए पछि पत्याउनै पर्ने घटना भएको छ बुटवल क्याम्पसमा । क्याम्पसका विद्याथीले क्याम्पस प्रमुखको कुर्ची नै रुपमा लगेर राखि दिएका छन् । जसका कारण क्याम्पस प्रमुख कुर्ची विहीन भएका छन्  ।

नेपाल विद्यार्थी संघ र अखिल छैठौँले बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका हुन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलेमतोमा क्याम्पसको मूल गेटमा गएराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका कार्यवाहक सभापति कृष्ण खनालले बताए ।

फागुन ६ गते क्याम्पस प्रशासन, प्राध्यापक संघ ,संगठनहरु, स्ववियु, विद्यार्थी संघगठनहरुको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो वोर्ड राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएको बताए । फागुन ६ गते क्याम्पस प्रशासन, प्राध्यापक संङगठनहरु, स्ववियु,  विद्यार्थी संङगठनहरुको बैठकले क्याम्पसको मूल गेटको नजिक रहेको स्ववियु बोर्डमा लेखिएको अभिवादन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो ।’–कार्यवाहक सभापति  खनालले भने ‘क्याम्पसको भित्र रहेका तीन वटा चौपारीमा लेखिएको जयनेपाल हटाउने र मन्दिरमा राखिएको राष्ट्रिय झन्डाको नजिकै राखिएको अनेरास्ववियू झन्डा हटाउने सहमति भएको थियो ।

यी सहमति पालना गर्नु पर्नेमा झन् रातारात वोर्ड राख्ने सहमति दिए पछि बाध्य भएर यो कदम चालेका हौँ।’ साथै क्याम्पस प्रमुखले ७ दिन भित्रमा राजीनामा नदिए थप कडा कदम चाल्ने नेविसंघका नेता नारायण घिमिरेले बताए ।  तर, नेपाल विद्यार्थी संघ र अखिले छैठौँले स्वागत वोर्ड अनेरास्ववियूले राखेको बताए पनि अनेरास्ववियूले भने आफूहरूले नराखेको दाबी गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति दुर्गाबहादुर एमसीले बैठक बसेर मिलाउन सकिने विषयमा भएता पनि नेविसंघ र अखिल छैँठोले गैर जिम्मेवारी देखाएको भन्दै भर्त्सना गरे । घटनाका सम्बन्धमा क्याम्पस प्रमुख न्यौपाने वोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्