मानव अधिकार उल्लंघनका घटनामा वृद्धि



काठमाडौं ।

नेपालमा मानव अधिकारको अवस्थामा सुधार आउन सकेको देखिँदैन । हरेक वर्ष मानव अधिकार उल्लंघनका घटना बढ्दो अवस्थामा रहनुले पनि नेपालको मानव अधिकारको अवस्था कस्तो छ भन्ने प्रष्ट पारेको छ।

मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा नेपालमा मानव अधिकार उल्लंघनका घटना ९ हजार ३ सय ८८ वटा भएको उल्लेख गरिएको छ।

नेपालमा मानव अधिकार उल्लंघनका घटनालाई रोक्न सबै समुदाय नमिलेसम्म नेपालमा मानव अधिकारको अवस्था दयानीय देखिन्छ । त्यसैले मानव अधिकारको संरक्षणका लागि सबै क्षेत्र सक्रिय हुनुपर्ने उल्लेख आवश्यकता देखिएको छ।

नेपालमा सन् २०२३ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक हुनुले पनि नेपालको अवस्था कस्तो छ भन्ने प्रष्ट हुन्छ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा नेपालमा मानव अधिकारको अवस्था नाजुक बन्दै गएको पनि उल्लेख गर्नुले मुलुकमा विभिन्न प्रकारका हिंसाका घटनामा बढोत्तरी आएको भन्दै मानव अधिकारकर्मीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२३ मा मानव अधिकार उल्लंघनका घटनामा ९ सय ८८ जना र ज्यादतीका घटनामा ८ हजार ४ सय जना पीडित भएको उल्लेख गर्नुले पनि नेपालको अवस्था कस्तो छ भन्ने छर्लङ्ग हुन्छ।

मानव अधिकार उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा यो वर्ष मानव अधिकार उल्लघंनका घटना २ हजारले बढेको देखिनुले पनि नेपालको मानव अधिकारको अवस्थाका बारेमा बहस गर्नुपर्ने बेला भइसकेको छ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा मानव अधिकार उल्लंघन सूचकांक सार्वजनिक गरेको छ। सूचकांकअनुसार वागमती प्रदेशमा सबैभन्दा धेरै मानव अधिकार उल्लंघनका घटना भएको उल्लेख छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेश भएको उल्लेख छ।

महिलामाथि हुने हिंसाका घटना सन् २०२३ मा ५ हजार ९ सय ३ जना महिला पीडित हुन पुगेका छन्। सो वर्ष घरेलु हिंसाका घटनाबाट ४ हजार ९ सय ६३ जना महिला पीडित भएका छन्।

त्यसै गरी सोही वर्ष बोक्सीको आरोपमा २५ जना महिला पीडित भएका छन् भने बलात्कारका घटनामा ६ सय ५१ जना, यौन दुव्र्यवहारका घटनाबाट ५४ जना, बेचबिखनका प्रयासका घटनामा २५ जना, बेचबिखनका घटनामा ३० जना पीडित भएको विवरण सार्वजनिक हुनुले पनि नेपालको मानव अधिकारको अवस्थाको बारेमा सोच्ने बेला आएको छ।

नेपालमा पारिवारिक हत्याका घटनामा १ सय ९ जना महिला मारिएका छन् भने भनेजति दाइजो नल्याएको आरोपमा ७ जना महिलाको हत्या भएको छ भने सोही कारणबाट ४५ जना महिलामाथि हिंसाको घटना भएको छ । बाल अधिकार उल्लंघनका घटनामा १ हजार ५ सय ६३ बालबालिका पीडित भएका छन्।

जसमध्ये बलात्कारका घटनाबाट १ हजार २ जना, यौन दुव्र्यवहारका घटनामा ३ सय ९२ जना, विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा ८३ जना, बेचबिखनका घटनामा ५२ जना बालबालिका पीडित भएको तथ्याङ्क सार्वजनिक हुनुले नेपालमा मानव अधिकारको अवस्था दयनीय बन्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्