चर्को घरबहाल कम गर्न व्यापार संघको अनुरोधात्मक र्‍याली 



बुटवल। 

चर्को घरबहाल कम गरी  व्यापार व्यवसायलाई पलायन हुनबाट जोगाउन आग्रह गर्दै रुपन्देही व्यापार संघले मङ्गलवार बुटवलमा अनुरोधात्मक र्‍यालीको  आयोजना गरेको छ ।

पछिल्लो समयमा व्यवसायीक क्षेत्रमा बढेको आर्थिक मन्दी र त्यसले पारेको असरप्रति गम्भीर  बन्दै व्यापारिक क्षेत्रको घरबहालमा छुट दिन संघले घरधनीहरूलाई अनुरोध गर्दै ¥याली निकालेको संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले बताए ।

संघले चर्को घरबहाल उठाउने सोंचले घरधनी तथा व्यवसायी दुबैलाई फाइदा नहुने जिकिर गर्दै बजार विस्थापन रोक्न चर्को घर बहालमा पुनर्विचार गर्न गरेको छ । चर्को बैंक ब्याजदर, महँगो घर बहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यवसायमा देखा परेका समस्या र बजार विस्थापित हुने खतराप्रति संघले स्थानीय सरकार र सरोकारवाला सरकारी निकायहरुको ध्यानाकर्षण पनि गराएको छ ।

संघको कार्यालयबाट विभिन्न नारासहितको प्ले कार्ड बोकेर निस्केको ¥याली जेसीसचोक, संगमथप, विपीचोक, अमरपथ हुदै टक्सारभवन अगाडी पुगेर समापन भएको थियो । आर्थिक मन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै संघले बजार विस्थापित हुनबाट जोगाउन चर्को घरभाडा घटाउनुको विकल्प नभएको जनाएको छ ।

संघका पूर्व अध्यक्ष पदम प्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष मोतीलाल पाण्डेले चर्को घर बहाल उठाउने सोंचले घरधनी तथा व्यवसायी दुबैलाई फाइदा नहुने जिकिर गर्दै बजार विस्थापन रोक्न चर्को घर बहालमा पुनर्विचार गर्न आग्रह गरेका छन् । संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले चर्को बैंक ब्याजदर, महगों घर बहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यवसायमा देखा परेका समस्या र बजार विस्थापित हुने खतराले अर्थतन्त्रलाई नै असर गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्