लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान



बुटवल ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको हिउँदे अधिवेशन आह्वान गरेका छन्। लुम्बिनी प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख शेरचनले आगामी फागुन १८ गते दिउँसो ३ बजे बैठक आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठक प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरी प्रदेश प्रमुख शेरचनले अधिवेशन आह्वान गरेका हुन।

प्रतिक्रिया दिनुहोस्