प्रधान सेनापति प्रभुराम शर्मा र बेलायती सेना प्रमुखबीच भेटवार्ता

0
Shares

काठमाडाैं । 

प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका सेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सबीच जङ्गी अड्डामा आज मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच रही आएको सुमधुरसम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको थियो ।

भेटवार्ता अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।माघ १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा रहेका बेलायतका सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमासोमबार बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गरेका थिए ।