दरबार हत्याकाण्डको छानविन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

0
Shares

सिमरा।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् ।

सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन् ।