छायाँनाथका प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारूसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​​​​​

सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारू, इन्जिनियर, वडाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो । नगरपालिकाको वडा नम्बर७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको ठहर अख्तियारको छ ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सारू, इन्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव(इन्जिनियर हस्त बहादुर मल्लले ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गर्नुपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक विल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी २८ लाख, ६२ हजार, ४५९ रुपैयाँ बढी भुक्तानी गरेको अख्तियारको दाबी छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को खण्ड ९ङ० अनुसार कसुरमा अठ्ठाइस लाख बैसठ्ठी हजार चार सय उन्साठी रुपैयाँ पैसा चौरासी बिगो कायम गरिएको छ । यसै गरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।