अपराजित रहँदै पुलिस क्लब पीएम कपको फाइनलमा

0
Shares

काठमाडौं ।

नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा पुगेको छ । आइतबार नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो ।

गण्डकी प्रदेशले दिएको १७१ रनको लक्ष्य पछाएको पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि गण्डकी प्रदेशले पहिला ब्याटिंग गर्दै ३८.३ ओभरमा अलआउट हुँदै १७० रन बनाएको थियो । मौसम खराब हुँदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो ।

यो जितपछि पुलिस क्लबको ७ खेलमा १४ अंक भएको छ र अपराजित रहँदै फाइनलको यात्रा सुनिश्चित गरेको छ । त्यसैगरी गण्डकी प्रदेशको भने छैटौं हार हो । गण्डकीको ८ खेलमा ४ अंकसहित अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।