५१ किलो गाँजासहित एक युवक पक्राउ

0
Shares

काठमाडौं ।

धनकुटाकाे  साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट करिब ५१ किलो गाँजासहित एकजना युवक पक्राउ परेका छन्।

गाँजासहित पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-११ मंगलबारे बस्ने १९ वर्षीय प्रज्ज्वल लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को। २ ह ४०४२ नम्बरको अटो जाँच गर्ने क्रममा इन्जिनको भागमा लुकाएको उक्त गाँजा फेला पारेको हो। गाँजा बरामद भएपछि प्रहरीले चालक लिम्बुलाई पनि पक्राउ गरेको छ।