काठमाडाैं महानगरले माग्याे शिक्षा विभाग प्रमुखसँग स्पष्टीकरण

0
Shares

काठमाडौं ।

काठमाडाैं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रबार शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

‘कुनै पनि स्कूललाई कक्षा थप गर्न अनुमति दिनका लागि नगर शिक्षा समितिले निर्णय गर्नुपर्छ ।  तर, नगर शिक्षा समितिको बैठक नै नबसी शिक्षा अधिकारी कोइरालाले गत साउनमा उक्त स्कूललाई पत्र काटेको भेटिएपछि सफाइ पेस गर्न ७ दिनको म्याद दिएर त्यसबारे बुझ्न प्रमुख प्रशासकीय अधिकृतले कोइरालासँग स्पष्‍टीकरण सोधेको हो।

कोइरालाले आइतबार स्पष्टीकरण बुझाएका छन्। यस्तै सचिवालयले कोइरालालाई एक साता बिदामा बस्न निर्देशन दिएको शाहले बताए।