राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो (पुर्णपाठ)

0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत गरेको छ ।

आयोगको टोली आइतबार राष्ट्रपति भवन पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन समयमा नै सफलताका साथ सम्पन्न गरेकोमा धन्यवाद दिए ।

राष्ट्रपति पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्ने काम निर्वाचन आयोगको भएकोले संविधान तथा संघीय कानून बमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि आयोग सदा तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएकोमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा भई ५ राजनीतिक दलका १९ जना उम्मेदवार निर्वाचित भएको विवरण प्रस्तुत गरे ।