८ हजार घुस लिएका असईविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

काठमाडाैं ।

प्रहरी चौकी खडैचा बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कृषि प्रयोजनका लागि भारतबाट ल्याएको रासायनिक मल छुटाइदिने नाममा सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।