अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी

14
Shares

काठमाडौं ।

जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका थप ७ जना कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलाएको आरोपमा उनीहरुमाथि माघ ९ गते पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी हुने अध्यागमन अधिकृतहरूमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो रहेका छन् ।

भिजिट भिसा प्रकरणमा थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान र मोबाइलमाथि अनुसन्धान हुँदा भिजिट भिसाको सेटिङ चलेको खुलेको थियो ।