विमानस्थल कुटाकुट प्रकरण : आफू अनुकूल समाचार प्रवाहले नागरिक ट्वाँ

0
Shares

काठमाडौं ।

गत शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृत भएको बेमेललाई लिएर मिडियाकर्मीहरू नै विभाजित भएका छन् ।  केही मिडियाकर्मीले उक्त घटनामा प्रहरी दोषी भएको भन्दै प्रहरीमाथि कारबाही गर्नु पर्ने भन्दै समाचार सम्प्रेषण गरेका छन् भने केही मिडियाकर्मीले प्रहरीले आफ्नो भूमिका निभाउने क्रममा अध्यागमनका अधिकृत छायालाल मोक्तानले प्रहरीलाई अपशब्द प्रयोग गरेर आफ्नो रवाफ देखाउन खोजेपछि प्रहरीले दुर्व्यवहार गरेको भन्दै समाचार प्रकाशन गरेको पाइन्छ ।

घटना किन र कसरी भएको हो भन्ने वास्तविकता भन्दा पनि आफ्ना निकटका स्रोतलाई बचाउन मिडियाकर्मीहरू एक आपसमा बाझेर जनतालाई दिग्भ्रमित बनाउन खोजेको देखिन्छ । घटनाको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको भएपनि पछिल्लो समय अध्यागमन कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरीले सञ्चारकर्मीलाई आफुअनुकुल प्रयोग गर्न सफल भएको छ ।

घटनाको वास्तविकता भन्दा पनि आफ्ना मान्छे जोगाउने नाममा भएका मिथ्या समाचारले जनता भने रनभुल्लमा परेका छन् ।  घटनाको बारेमा के भएको हो भनेर गृह मन्त्रालयले यथार्थ बाहिर ल्याउने भन्दै गृह मन्त्री नारायणकाजी श्रेष्ठले उक्त घटनाको बारेमा केही बताउन चाहेन्न  । उनले समाचार आफ्ना अनुकूल आएको गुनासो सुनेको हो तर  घटना किन र कसरी भयो भन्ने बारेमा  छानबिन समितिले प्रतिवेदन दिएपछि मात्रै केही बोल्ने बताएका छन्  ।

कमजोर प्रहरी कमान्ड 
त्रिभुवन विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षामा खटाइएका प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दको कार्यशैली प्रति अन्य सरकारी निकायका कर्मचारी तथा विभिन्न एयरलाइन्सका कर्मचारीले प्रश्न उठाउँदै आएका छन् । चन्द माथि तत्काल निर्णय लिन सक्ने क्षमता नभएको र हरेक कुरामा शंका मात्रै गर्ने गरेको आरोप लाग्दै आएको छ ।

विमानस्थलमा खटिएका प्रहरीलाई समन्वयात्मक ढंगले परिचालन गर्न नसकेको, त्यहाँ खटिएका प्रहरी कर्मचारीलाई विभेद गर्ने गरेको, प्रायजसो आफ्नो कार्यकक्षबाट बाहिर ननिस्कने र कुनै घटना भए त्यसबाट आफू उम्कन खोज्ने र दोष अरूलाई लगाउने काम गर्दै आएको आरोप पनि त्यहाँ कार्यरत प्रहरी कर्मचारीले लगाएका छन् ।

अध्यागमन प्रमुखमाथि आरोप नै आरोप 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालमाथि पनि सेटिङमा भिजिन भिसामा नेपालीलाई खाडी लगायतका मुलुकमा मानिस पठाउने गरेको आरोप लागेको छ । गृह मन्त्री नारायणकाजी श्रेष्ठसँग नजिक भएको भन्दै आफू भन्दा अरू कसैले सेटिङमा मानिस पठाउन खोजे कडा कारबाही गर्ने धम्की दिने र प्रहरीसँग पटक पटक पौठेजोडी खेल्दै आएको आरोप लागेको छ ।

प्रहरीले गरेको कतिपय गतिनिधिप्रति असन्तुष्ट रहँदै आएका हमाल आफूसँग धेरै निकट भएका पत्रकार साथमा रहेको बताउँदै आएका थिए । आफूमाथि जाइलाग्नेलाई नछोड्ने बताउँदै हिँड्ने गरेको आरोप हमाल माथि लाग्दै आएको छ ।