८ किलो गाँजासहित दुईजना पक्राउ

0
Shares

सप्तरी ।

कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को।२५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।