राहुल महरालाई थुनामा राख्न उच्च अदालतको आदेश

0
Shares

काठमाडौं ।

भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ।  यो आदेशसँगै भेप प्रकरणमा पक्राउ परेका राहुल महरा थुनामा नै रहने भएका छन् ।

अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल जिल्ला अदालत काठमाडौंको आदेशपछि थुनामै रहेका थिए ।
न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो ।