कोशीमा गठबन्धनलाई धक्का : एमालेकी रुक्मिणी कोइराला विजयी

0
Shares

काठमाडाैं ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् ।

रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।

कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।