काठमाडौं ।
उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्ने बताएका छन्। बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने मन्त्री बस्नेतले दाबी गरे। निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्नसक्ने बस्नेतले उल्लेख गरे।
मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढीरहेको बताए। उनले पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको बताए।
सुरक्षाका विषयमा पनि सरकार गम्भीर रहेको उनले बताए। विद्युत् निर्यात गर्न उत्पादन बढाउनुपर्ने भन्दै मन्त्री बस्नेतले नीति–नियमले समस्या पारेको भए त्यसलाई संशोधन गरेर अगाडि बढ्न सकिने उल्लेख गरे।











प्रतिक्रिया