काठमाडौंमा विद्युत सर्ट भएर आगलागी हुँदा एक जनाको मृत्यु



काठमाडौं ।

काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल रहेका छन्।

बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्