काठमाडौंबाट धनगढीका लागि उडेका श्री र बुद्धका २ जहाज सुर्खेतमा अवतरण



काठमाडौं ।

काठमाडौंबाट धनगढीका यात्रु लिएर उडेको श्री र बुद्ध एयरका दुई जहाज प्रतिकुल मौसमका कारण सुर्खेत विमानस्थलमा अवतरण भएका छन्।

बुद्ध एयरको जहाजले बिहान ११: २५ मा र श्री एयरको जहाजले ११:३५ मा सूर्खेत विमानस्थलमा अवतरण गरेको हो।

बुद्ध एयरको २५१ र श्री एयरको २२१ जहाज प्रतिकुल मौसमका कारण धनगढीमा अवतरण हुन नसकेपछि सूर्खेत विमानस्थलमा अवतरण भएको जनाइएको छ।

मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्