राप्रपाको कार्यसम्पादन समितिको बैठकमा के-के भयो छलफल ?



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा छलफलका लागि विभिन्न ७ वटा एजेन्डा पेस भएका छन्। बुधबारदेखि पार्टी धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न ७ वटा एजेन्डा छलफलका लागि प्रस्तुत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राजसंस्था, हिन्दुराष्ट्रको पुन:स्थापना लगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरूप तयार पार्न गठित कार्यदलको तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको आवश्यकता, औचित्य र कार्ययोजना सम्बन्धी ड्राफ्ट बैठकमा पेस गरेको उनले बताए।

प्रवक्ता श्रेष्ठकाअनुसार ड्राफ्टमाथि प्रारम्भिक छलफल सुरु भएको छ। बैठक बिहिबार बिहान ८ बजे पुनः बस्नेछ।

प्रतिक्रिया दिनुहोस्