एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण 

0
Shares

काठमाडौं ।

टेलिकम कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा छानबिन हुने बताएका छन्।

बुधबार संसद्को लेखा समिति बैठकमा अध्यक्ष खनालले एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया शङ्कास्पद रहेकाले छानबिन हुने बताएका हुन्।

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको आफूले जवाफ पाएको भन्दै उनले अध्ययनका लागि सहमतिको कागजातपत्र मागेको जानकारी दिए।

उनले नियामकका रूपमा कडाइ गर्न दूरसञ्चार विधेयक धेरै समयदेखि संसद्मा अड्किएको पनि बताए। दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्न सके धेरै नीतिगत छिद्रता हटेर जाने पनि उनको तर्क छ।